रामपुर नगरपालिकाको सोच, लक्ष्य तथा उद्देश्य सोच : “सुखी, समृद्ध, सुसंस्कृत सहर, समुन्नत रामपुर, हाम्रो रहर" लक्ष्य : "कृषिको व्यावसायिकीकरण, संस्कार सहितको व्यावसायिक शिक्षा, समावेशी र सन्तुलित एकीकृत विकासको माध्यमबाट समग्र रामपुरबासीको गुणस्तरीय जीवन सुनिश्चित गर्ने" उद्देश्य : "नगरपालिकाको सामाजिक, आर्थिक, मानवीय विकासमा अभिवृद्धि भई नगरपालिकावासीको जीवनस्तरमा गुणात्मक सुधार गर्नु, सामाजिक, आर्थिक, मानवीय विकास, समावेशी, गुणस्तरीय र वातावरणीय रूपमा सन्तुलित भई नगरपालिकावासीको जीवनयापन सहज तथा सुरक्षित नगरपालिकाको आधारशीला निर्माण गर्नु, नगरपालिकाका नागरिकलाई गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छ वातावरणमा पहुँच पुर्याइ सबैलाई सामाजिक सुरक्षा र सुशासनको अनुभूति गराउनु ।